घरेलु हिंसाको आरोपमा फिजीका प्रधानमन्त्रीका छोराविरुद्ध अष्ट्रेलियामा १७ मुद्दा
फिजी। फिजीका प्रधानमन्त्री फ्रान्क बैनिमारामाका छोरालाई अष्ट्रेलियामा घरेलु हिंसाको आरोप लागेको छ। ३६ वर्षीय रातु मेली बैनीमारमामाथि कुटपिट, घाँटी थिच्नेलगायत १७ वटा मुद्दा चलिरहेको छ। उनीमाथि सम्पत्तिमा क्षति पु¥याएको र सहमतिविना तस्बिर बाँडेको आरोप पनि लागेको छ।
ती अपराधहरू सिड्नीमा फेब्रुवरी र मे महिनाको बीचमा भएको थियो। यस महिनाको सुरुमा पुलिसमा उजुरी परेपछि उनी गत हप्ता उनी पक्राउ परेका थिए।
बैनीमारमालाई जमानत दिइएको छ र उनीमाथि लागेको मुद्दामा अक्टोबरमा सुनुवाई हुनेछ। उनी फ्रान्क बैनीमारामाका एक मात्र छोरा हुन्, जो एक वर्ष अघि सैन्य विद्रोहको नेतृत्व गरेपछि सन् २००८ देखि सत्तामा छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment