बाइडेनले भने- चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले रक्षा गर्नेछ

डिसी नेपाल
३ असोज २०७९ १२:५३
116
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार एक अन्तर्वार्तामा भनेका छन् कि अमेरिकी सेनाले चीनले आक्रमण गरेमा ताइवानको रक्षा गर्नेछ।

सीबीएससँगको एक अन्तर्वार्तामा, उनलाई सोधिएको थियो कि अमेरिकी सेनाले आक्रमणको घटनामा ताइवानको रक्षा गर्नेछ ? जसलाइ चीनले स्वघोषित रुपमा आफ्नो हिस्सा मान्दछ।

यसमा बाइडेनले भने, ‘हो, अवश्य पनि। यदि उसमाथि अप्रत्याशित आक्रमण भयो भने।’

यो अन्तर्वार्तामा जो बाइडेनले ताइवानको सम्बन्धमा लामो समयदेखि चलिरहेको अमेरिकी नीतिभन्दा फरक बयान दिएका छन् । तर ताइवानको समर्थनमा सेना पठाउने उनको भनाइ पहिलेको भन्दा धेरै स्पष्ट छ।

तर, ह्वाइट हाउसका प्रवक्तालाई यसबारे प्रश्न गर्दा उनले भने, ‘राष्ट्रपतिले यसअघि पनि यसो भनेका छन् । यो वर्ष टोकियोमा पनि । त्यसपछि उनले ताइवानबारे आफ्नो नीति परिवर्तन नभएको स्पष्ट पारे। त्यो सत्य यथावत छ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *