मंसीर-४, सदन पुग्ने छ सडकको पुकार… (कविता)

बिष्णु जोशी
४ असोज २०७९ ८:२२

समाजवादी सोच, लोकतान्त्रिक धार

स्वर्णिम मध्यमार्गी राजनैतिक विचार

घण्टीको टंकार, भ्रष्टाचार माथि अब प्रहार

मंसीर-४, सदन पुग्ने छ सडकको पुकार…

बन्द भए जब युवाको लागी दलका द्वार

अनि घोषणा भयो स्वतन्त्र उम्मेद्वार!

घण्टीको टंकार, भ्रष्टाचार माथि अब प्रहार

मंसीर-४, सदन पुग्ने छ सडकको पुकार…

जिम्मेवार सदन बने, सेवक बन्नेछ सरकार

सिंहहरू प्रवेश गर्ने छन् अब सिंह दरबार!

घण्टीको टंकार, भ्रष्टाचार माथि अब प्रहार

मंसीर-४, सदन पुग्ने छ सडकको पुकार…

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *