इरानमा प्रदर्शनकारीमाथि गोली चल्यो, ५ जनाको मृत्यु

डिसी नेपाल
४ असोज २०७९ ९:३७
124
Shares

तेहारान। प्रहरी हिरासतमा एक महिलाको मृत्युको विरोधमा भएको प्रदर्शनका क्रममा इरानमा सुरक्षा बलले गोली चलाउँदा पाँच जनाको मृत्यु भएकोे छ। हेंगाउ मानव अधिकार संगठनले उक्त जानकारी दिएको हो।

महसा अमिनीलाई प्रहरीले गिरफ्तार गरेपछि उनको मृत्यु भएको भन्दै प्रदर्शनकारीले विरोध गरिरहेका छन्। कुर्दिश अधिकार समूहका अनुसार घटनाप्रति कट्टरपन्थी सरकारविरुद्ध राष्ट्रव्यापी आक्रोश बढेको छ।

आक्रोशलाई नियन्त्रण गर्ने प्रयासमा, आधिकारिक समाचार एजेन्सी आइआरएनएले सात प्रान्तका धेरै शहरहरूमा ‘सीमित’ विरोध प्रदर्शन भएको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *