जापानमा अहिलेसम्मकै ठूलो आँधी, ९० लाख मानिस राहत शिविरमा बस्न बाध्य
काठमाडौं । जापानले अहिलेसम्मकै ठूलो आँधीको सामना गरिरहेको छ । आँधीको खतरालाई ध्यानमा राख्दै ९० लाख मानिसलाई आफ्नो घर छाड्न भनिएको छ ।
नानमाडोल हावाहुरीका कारण अहिलेसम्म दुई जनाको मृत्यु भएको छ भने करिब ९० जना घाइते भएका छन् । यो आँधीले आइतबार बिहान दक्षिणी क्युसु टापुमा छोएको थियो ।
मौसमविद्का अनुसार यो आँधी आगामी केही दिनमा जापानको मुख्य टापु होन्सु हुँदै जानेछ । आँधीको खतरालाई मध्यनजर गर्दै हजारौं मानिसले आइतबार राती आपतकालीन राहत शिविरमा बिताएका छन् ।
यहाँ करिब साढे तीन लाख घर अन्धकारमा डुबेका छन् । जापानमा अहिले यातायात र व्यापार नराम्ररी प्रभावित छ। यस आँधीका कारण जापानमा ठूलो बाढी र पहिरोको जोखिम पनि रहेको छ ।
नानमाडोलका कारण २४ घण्टामा २३४ किलोमिटरको गतिमा हावा चलेको छ भने केही स्थानमा २४ घण्टामा ४ सय मिलिमिटरसम्म वर्षा हुने अनुमान गरिएको छ ।
यस आँधीका कारण बुलेट ट्रेन सेवा, फेरी र सयौं उडान रद्द भएका छन् । देशमा धेरै पसल र अन्य व्यवसायहरू बन्द छन्। यससँगै सामान जोगाउन बालुवाको बोराले घेरिएको छ ।
आइतबार बिहान आएको यो आँधीका कारण जापानको दक्षिणपट्टि रहेको कागोसिमा सहरमा पनि पहिरो गएको छ । जहाँ क्युसु नदीको किनारमा रहेको पानीमा डुबेको छ ।
जापानको सरकारी च्यानल एनएचकेले कार पानीमा डुबेर एक जनाको मृत्यु भएको र अर्का एक जना बेपत्ता भएको बताएको छ । एनएचकेका अनुसार आँधीका कारण ८७ जना घाइते भएका छन् ।







डिसी नेपाल







Facebook Comment