तालिबानले बन्धक अमेरिकी इन्जिनियरलाई रिहा गर्‍यो, बदलामा तालिवान समर्थकलाई रिहा गरिने

डिसी नेपाल
४ असोज २०७९ ११:२८

काठमाडौं । तालिवानले सन् २०२० मा बन्धक बनाएका अमेरिकी इन्जिनियरलाई रिहा गरेको छ । अमेरिकी जेलमा रहेका अफगान नेताको रिहाइको बदलामा इन्जिनियर मार्क फ्ररिकलाई रिहा गरिएको छ । रिहा भएका अफगान नेता बशीर नूरजाईको तालिवानसँग सम्बन्ध रहेको छ ।

नूरजाई अवैध लागूऔषध कारोबारको अभियोगमा अमेरिकी जेलमा आजीवन काराबास काट्दै थिए । फ्रेडरिक ६० वर्षका छन् । तालिबान फेरि सत्तामा आउनुभन्दा एक वर्षअघि उनको अपहरण भएको थियो। उनी विगत १० वर्षदेखि अफगानिस्तानको राजधानी काबुलमा इन्जिनियरका रूपमा कार्यरत थिए ।

नौसेनामा सेवा गरेका फ्रेरिकको अपहरण तालिबान र अमेरिकाबीचको सम्बन्ध सुधार्ने बाटोमा ठूलो बाधा थियो। यस वर्षको जनवरीमा अमेरिकी राष्ट्रपति जो बाइडेनले तालिबानले फ्रेरिकलाई तुरुन्त रिहा गर्नुपर्ने बताएका थिए। उनले भनेका थिए ‘यदि तालिबान मान्यता चाहन्छ भने, उसले पहिले यो गर्नुपर्छ। यदि उसले यो गर्दैन भने, यो आशा नगर्नुहोस्।’

यसैबीच अफगानिस्तानको राजधानीमा बसिर नूरजाईको भव्य स्वागत गरिएको छ । तालिबान लडाकुले उनलाई फूलको माला लगाएर स्वागत गरेका थिए । “मेरो रिहाईले अमेरिका र अफगानिस्तानबीचको सम्बन्ध राम्रो बनाउन मद्दत गर्नेछ,” नूरजाईले भने। ,

नूरजाई तालिबानका संस्थापक मुल्ला ओमरको नजिकका सहयोगी र साथी हुन्। उनले सन् १९९० मा तालिबान सरकारका लागि पैसा जुटाउन महत्वपूर्ण भूमिका खेलेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *