दुबइ गइरहेको विमानमा यात्रुले झ्याल फुटाउने प्रयास गरे, उडिरहेको बेला झ्यालमा लात्ती र मुक्का हाने

डिसी नेपाल
४ असोज २०७९ १३:४०

काठमाडौं । पेशावरबाट दुबई गइरहेका एक पाकिस्तानी व्यक्तिले फ्लाइटमा यस्तो काम गरे कि उनलाई भोलिपल्ट पाकिस्तान फिर्ता पठाइयो । योसँगै ती यात्रुलाई हवाई यात्रामा पनि प्रतिबन्ध लगाइएको छ ।

विमानमा उक्त व्यक्तिको कार्य साँच्चै स्तब्ध पार्ने खालको थियो, जसको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त व्यक्तिको मानसिक अवस्था खासै राम्रो नभएको बताइएको छ ।

विमानमा हंगामा मच्चाउने व्यक्तिको बारेमा भनिएको छ कि उडान भर्नेबित्तिकै उक्त व्यक्तिले उपद्रो गर्न थाले । विमानका कर्मचारीले रोक्न खोज्दा उनी रिसाए र विमान तोडफोड गर्न थाले । ती व्यक्तिले विमानको झ्यालमा आक्रमण गरेर फुटाउन थाले ।

जब सम्पूर्ण चालक दल र यात्रुहरू उक्त व्यक्तिसँग रिसाए, उनीहरूले जबरजस्ती उनको हातमा हथकडी लगाएर उसलाई एउटा कुनामा बसाए। दुबई पुग्नेबित्तिकै उनलाई विमानस्थलबाटै पक्राउ गरिएको थियो, त्यसपछि सबै कागजपत्र खारेज गरेर भोलिपल्ट पाकिस्तान फर्काइएको थियो ।

यस कुराको पुष्टि गर्दै पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए)का प्रवक्ताले भने कि उडानको झ्याल तोडेर हंगामा मच्चाएको आरोपमा एक पाकिस्तानी नागरिकलाई दुबईबाट डिपोर्ट गरिएको हो।

पीआईएका प्रवक्ताले उक्त व्यक्तिले पेशावरबाट दुबईका लागि पीके–२८३ विमानमा उडान गरेको बताए । विमानमा चढेपछि उनले विमानका मानिस र कर्मचारीलाई दुर्व्यवहार गर्न थाले ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *