भोक नलागोस् भनेर पेटमा ईट्टा बाँधेर सुत्छिन्, भोकको यो कहानीले मुटु कमाउँछ

डिसी नेपाल
४ असोज २०७९ १४:२५

काठमाडौं । गरिबीका कारण आमा छोरी दयनीय जीवन बिताउन बाध्य छन् । उनीहरुको विवशता यो कुराले पनि बुझ्न सकिन्छ कि भोक नलागोस् भनेर आमा छोरी दुबैले पेटमा इँटा बाँधेका छन् । दुवै आफ्नो मिर्गौला बेच्न तयार छन् । पाकिस्तानको लाहोरमा बस्ने यी आमा छोरीको भिडियो युट्युबमा भाइरल भइरहेको छ ।

हालै पाकिस्तानी युट्युबर सैयद बासित अलीले यस परिवारसँग कुरा गरे। जब सैयद आमा र छोरीसँग कुरा गर्दै थिए, दुवै धेरै पटक रोए। सैयदले परिवारको आर्थिक अवस्था पनि देखाएका छन् । घरमा भाँडाकुँडा खाली थिए । खानलाई केही नभएकाले आमा छोरी दुवैले पेटमा इँटा बाँधेर बसेको सैयदले बताए । उनले छिमेकीहरूबाट यस परिवारको बारेमा जानकारी पाएका हुन् ।

महिलाले सैयद बसितलाई आफू बिरामी भइरहने बताइन् । उनले आफू सेतो मोतियाबिन्दुबाट पीडित भएको बताइन् । उनकी छोरीले जागिर पाएकी थिइन् तर उनी कामका लागि जहाँ गए पनि मानिसहरूले गलत नजरले हेरे । त्यसपछि उनीहरूले भोक सहने तर कुनै गलत काम नगर्ने सोच बनाए ।

महिलाले छोरीको इन्गेजमेन्ट भइसकेको तर बिहे गर्ने पैसा नभएको बताइन् । भिडियोमा आमा छोरीले मिर्गौला बेच्न पनि तयार रहेको बताएका छन् । ताकि उनीहरूले आफ्नो परिवारको लागि केहि पैसाको व्यवस्था गर्न सकुन् ।

सैयद बासितले भिडियोमा तीन दिनदेखि परिवारले खाना नपाएको बताएका छन् । महिलाले इँटा बाँध्नुको कारण पनि बताइन् । उनले भनिन्- ‘भोक लाग्दैन, त्यसैले यस्तो गरेको हो।’ यति भन्दै ती महिला रोइन् । छोरा पनि जवान भए पनि जागिर नपाएको महिलाले बताइन् ।

भिडियोमा कुरा गर्दा महिला धेरै पटक भक्कानिइन् । पाकिस्तानमा नयाँ सरकार आएपछि अवस्था झन् बिग्रिएको महिलाले बताइन् । इमरान खानको सरकारमा अवस्था अझै राम्रो थियो। भिडियोमा महिलाले आफ्नी छोरीको विवाहलाई लिएर निकै चिन्तित रहेको बताएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *