तालमा अचानक प्रकट भयो एलियनको उडन तश्तरी जस्तो विशाल वस्तु

डिसी नेपाल
४ असोज २०७९ १६:३६

काठमाडौं । तालभित्रबाट अचानक ‘उडन तश्तरी’ वा युएफओ जस्तो ठूलो चिज देखा पर्‍यो। यो देखेर स्थानीय बासिन्दा छक्क परे । एक पटकको लागि उनीहरूलाई आकाशमा देखिने उडनतश्तरी पानीमुनिबाट आएको महसुस भयो। तर, वास्तविकता अर्कै थियो ।

‘द मिरर’को रिपोर्ट अनुसार यो मामिला नर्वेको हो । वास्तवमा यो ‘उडान तश्तरी’ जस्तै देखिने विशाल वस्तु एक भवन हो। यसको नाम साल्मन आई हो। यो नर्वेको हार्डेंजरफोर्डमा अवस्थित छ। भवनको उद्घाटन सेप्टेम्बर २ मा भएको थियो । भवनको बाहिरी भाग साल्मन वा ह्वेल माछा जस्तो देखिन्छ। यो भवन मत्स्य पालनसँग सम्बन्धित सूचना केन्द्र हो र कला स्थापना केन्द्र हो।

‘साल्मन आई’ हेर्न आउने मानिसहरुको प्रवेश निकै भव्य हुनेछ । मानिसहरु विद्युतीय डुङ्गाबाट यहाँ आउन सक्छन्। यो भवनले १३ फिट अग्लो पानीको छाललाई सजिलै सहन सक्छ । उक्त भवन डेनिस आर्किटेक्ट क्वार्निङ डिजाइनले निर्माण गरेका हुन् । सोही क्रममा सो आयोजनाको आर्थिक सहयोग सोन्द्रे इडेले दिएका छन् ।

क्वार्निङ डिजाइनको संचार प्रबन्धक गिट्टे ओल्सनले विचारको पछाडिको कथा बताए। उनले भने, ‘साल्मन आइमा आएपछि मानिसहरूले माछापालन र त्यससँग सम्बन्धित उत्पादन प्रविधिको जानकारी पाउनेछन् ।

भवनको बाहिरी डिजाइन साल्मन माछाको चाँदीजस्तो छालासँग मिल्दोजुल्दो रहेको गिट्टेले बताए । त्यसैगरी माछाको आँखा हेरेर यसको डिजाइन तयार गरिएको छ । यही कारणले गर्दा यस भवनको नाम ‘साल्मन आइ’ राखिएको हो । गिट्टेका अनुसार यो भवन छिट्टै नर्वेको पहिचानमा समावेश हुनेछ । गुगल अर्थले पनि यसको स्याटेलाइट छविहरू अपलोड गरेको छ।

यस भवनको छतमा खुला टेरेस छ, जहाँबाट ३६० डिग्रीमा वरपरका हिमाल र ताल देख्न सकिन्छ। तर, ‘साल्मन आइ’ हेर्नका लागि मानिसहरुले कुर्नु पर्ने भएको छ । किनकी यो कहिले सर्वसाधारणका लागि खुल्छ, यसको आधिकारिक घोषणा गरिएको छैन। ‘मिरर’को रिपोर्टका अनुसार ३ वर्षअघि व्यवसायी सोन्द्रे इडेलाई भवन बनाउने सोच आएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *