चर्चित हलिउड अभिनेत्री एन्जेलिना जोली बाढी पीडितलाई भेट्न पाकिस्तान पुगिन्

डिसी नेपाल
५ असोज २०७९ ११:४९

काठमाडौं । हलिउड अभिनेत्री तथा संयुक्त राष्ट्रसंघको विशेष दूत एन्जेलिना जोली बाढी पीडितको अवस्था बुझ्न पाकिस्तान पुगेकी छन् । पाकिस्तानमा पछिल्ला केही दिनमा बाढीका कारण करिब डेढ हजार जनाको मृत्यु भएको छ ।

यसपछि पाकिस्तानको बाढी प्रभावित क्षेत्रमा डेंगु, मलेरिया र पेटको संक्रमण जस्ता रोगहरू फैलिने खतरा छ। यसलाई जलवायु परिवर्तनका कारण विपद् भनिएको छ । यस प्रकोपबाट प्रभावित जनतालाई भेट्न उनी पाकिस्तानको सिन्ध प्रान्तको दादु जिल्ला पुगेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *