दसैं तिहारकाे अवसरमा कलिउड नाइट कार्यक्रम हुँदै

डिसी नेपाल
५ असोज २०७९ १२:११

वाशिंटन डिसी। विजया दशमी तथा शुभ दिपावलीको उपलक्ष्यमा केसी डान्स सेन्टरले आउँदो सेप्टेम्बर २४, तदनुसार आश्विन ८ गते शनिबारका दिन ‘कलिउड नाइट २०२२’ कार्यक्रम गर्ने भएको छ। “तपाईंहरुको उपस्थिति हाम्रो हौसला” नाराका साथ यो विशुद्ध मनोरञ्जानात्मक संस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो।

नेपाली कला र संस्कृतिलाई विदेशमा बसेर, त्यहीँ जन्मेका र हुर्केका नानी/बाबुहरु माझ नृत्य मार्फत पहिचान गराउँदै र प्रशिक्षण दिँदै उनीहरुलाई प्रोत्साहन दिनको लागि एक बृहत रंगमञ्चको रुपमा नेपाली कला क्षेत्रका चर्चित कलाकारहरुको साथ बेजोड प्रस्तुति देखाउन दुई दिदी भाइ लुना श्रेष्ठ र नवीन केसीले जन्माएको कार्यक्रम हो ‘कलिउड नाइट’।

यो कार्यक्रमले ३ वर्षदेखि लगातार सफलता पाएको छ। ‘यो वर्ष पनि भब्य रुपमा सफल पार्न हामी लागि परेका छौँ,’आयोजकले भने, ”कलिउड नाईट २०२२’ले तपाईहरुलाई हसाउने छ, गवाउने छ अनि नचाउने छ।’

यो कार्यक्रम सफल हुनुमा विभिन्न शैलीमा पस्किने प्रस्तुतिहरु, बाबुनानीहरुको कडा मेहेनत र नेपाली कला क्षेत्रका चर्चित कलाकारहरुको साथ रहेको आयोजकले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *