पुटिनले ‘मिलिट्री मोबिलाइजेशन’को घोषणा गरे, तीन लाख रिजर्भ सैनिकलाई लडाइँमा बोलाए
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा युद्धका लागि आंशिक मिलिट्री मोबिलाइजेशनको घोषणा गरेका छन् । यसको अर्थ रुसले युक्रेनको युद्धमा थप स्रोतसाधन र सेना परिचालन गर्नेछ।
पुटिनले देशलाई गरेको टेलिभिजन सम्बोधनमा भने, ‘रुसको क्षेत्रीय अखण्डता कायम राख्न यो महत्त्वपूर्ण कदम हो।’ उनले भने, ‘पश्चिमी संसारले सोभियत संघको जस्तै रुसको अन्त्य चाहेको थियो।’
पुटिनले युक्रेनमा जारी सैन्य संघर्षमा थप सेना पठाउने घोषणा गरेका छन् । यसको मतलब पहिले रूसी सेनामा सेवा गरेका मानिसहरूलाई फेरि युद्धका लागि बोलाइनेछ। यी सेनाको प्रस्थान आजबाट सुरु हुनेछ।
रुसलाई आणविक हमलाको नाममा पश्चिमा राष्ट्रहरुले ब्ल्याकमेल गरेको पुटिनले आरोप लगाएका छन् । पुटिनले आफूसँग पश्चिमी देशहरूको धम्कीको जवाफ दिन पर्याप्त हतियार रहेको बताएका छन् ।
उनले डोनबासमा ‘आफ्नाहरू’को सुरक्षाका लागि सम्भावित सबै उपाय परिचालन गरिने बताए । उनले रुसमा हतियारको उत्पादन बढाउनका लागि रकम उपलब्ध गराउन आदेश दिएका छन् ।
रुसी संसद डुमाका सदस्य येभगेनी पोपोभले बीबीसीलाई भने, ‘मैले बुझेअनुसार केही अनुभवी सैनिकहरू खटाइने र सेनाबाट भर्खरै अवकाश लिएकाहरूलाई बोलाइनेछ। आम जनतालाई युद्धको मैदानमा पठाउने कुरा होइन ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment