शरणार्थी शिविरमा बस्ने गुरुङको हत्यामा संलग्न ९ जना पक्राउ

डिसी नेपाल
७ असोज २०७९ १५:२०
68
Shares

काठमाडौं । झापामा रहेको भुटानी शरणार्थी शिविरमा बस्ने लाल बहादुर गुरुङको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ९ जना पक्राउ गरेका छन् । पक्राउ पर्नेमा चुलाचुली–४ इलामका २५ वर्षीय शिव हिङहाङ भन्ने नरेन्द्र दर्जी, २९ वर्षीय झ्याम्ले भन्ने नरेश कुमार याख्खा, २१ वर्षीय अभिषेक केरुङ, २० वर्षीय सेसे भन्ने सेसेयाङ याखा, ३३ वर्षीय सन्तु भन्ने चन्द्र कुमार यवा, ३५ वर्षीय डम्बर यवा, ३० वर्षीय टिका भन्ने नरेन्द्र तुम्रोक, २६ वर्षीय विक्रम हिङमाङ र २९ वर्षीय पर्शु राई छन् ।

दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्ने गुरुङ गत बुधबार दमक र चुलाचुली जोड्ने रतुवा खोलाको झोलुङ्गे पुलनजिक गम्भरी घाइते अवस्थामा फेला परेका थिए । उनलाई खुकुरी र ढुंगा प्रहार गरी शरीरको विभिन्न भागमा काटेर गम्भीर घाइते बनाएको थियो । घाइते गुरुङको बि एण्ड सि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको थियो ।

आक्रमणकारीले प्रयोग गरेको दापसहितको खुकुरी, मृतकलाई हिर्काउन प्रयोग गरेको ढुङ्गा तथा मृतकले प्रयोग गरेको को १९ प ३७२५ नम्वरको मोटरसाइकलको दुबै चक्काको टायर काटी फालेको अवस्थामा प्रहरीले बरामद गरेको छ ।

ुहत्या भएको ३ दिन अगाडि मृतक गुरुङले घटनामा संलग्न टिका भन्ने नरेन्द्र तुम्रोकका आफ्नै भाइ सुजन तुम्रोकलाई कुटपिट गरेका थिए । सोही घटनाको बदला लिन आरोपीले कुटपिट गरी मार्नेसम्मको योजना बनाएको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *