हेटौँडामा पौडी खेल्ने क्रममा खेलाले बगाउँदा तीन बालकको मृत्यु

डिसी नेपाल
७ असोज २०७९ २१:४९

वाग्मती । हेटौँडामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा तीन बालकको हेटौँडाको न्युरेनीस्थित कर्रा खोलामा डुबेर आज मृत्यु भएको हो । अपराह्नको समयमा पौडी खेल्ने क्रममा कर्रा खोलाले बगाएर बेपत्ता भएका तीनजना बालक मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।

उनका अनुसार पौडी खेल्ने क्रममा बेपत्ता भएका हेटौँडा–१५ फारलाइनका १७ वर्षीय साहिल लामा, सोही ठाउँका १२ वर्षीय कर्साङ जिम्बा र १३ वर्षीय सञ्जीव मोक्तानको शव फेला परेको हो । पौडी खेल्ने क्रममा खोलाले चारजनालाई बगाएकामा एकजना भने पौडी खेलेर बाहिर निस्कन सफल भएको जनाइएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.