भूकम्पको १७ दिनपछि जीवितै उद्धार

डिसी नेपाल
८ असोज २०७९ ७:४२
28
Shares

बेइजिङ। चीनमा भूकम्प गएको १७ दिनपछि एक व्यक्तिको जीवितै उद्दार भएको छ।

विनाशकारी भूकम्पपछि पहाडमा बेपत्ता भएका चिनियाँ कामदारको १७ दिनपछि उद्धार गरिएको हो । यस महिनाको सुरुमा दक्षिणपश्चिमी सिचुआन प्रान्तमा गएको ६ दशमलब ६ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा ९३ जनाको मृत्यु भएको थियो भने र हजारौंलाई अस्थायी शिविरमा पुनर्वास गरिएको छ।

सिचुआनको वान्डोङ जलविद्युत योजनामा कार्यरत ग्यान युलाई एक स्थानीय गाउँले जीवितै फेला परेका थिए ।सरकारी स्वामित्वको चाइना नेशनल रेडियो (सीएनआर) ले उद्धारलाई चमत्कार भनेको छ ।

गत सेप्टेम्बर ५ मा भूकम्प जाँदा गान आफ्ना सहकर्मी लुओ योङसँग ड्युटीमा थिए। उनीहरुले जलविद्युत योजनाबाट सुरक्षित क्षेत्रमा प्रयत्न गर्दै थिए । तर, टाढाको राम्रोसँग नदेख्ने गानले त्यही बेला चस्मा हराए र पहाडी भूभागमा बरालिए।

ती दुई व्यक्तिले टाढाका उद्धारकर्ताहरूलाई मद्दतको लागि संकेत गरे। लुगा फुकालेर रुसमा झुन्डाए। अन्तत गानलाई छोडेर लुओ जाने निर्णय गरे । लुओले गानलाई र जंगलभित्रै ओछ्यान बनाएर केही जंगली फलको व्यवस्था गरेर छोडे। उद्दारकर्ताले गानलाई ११ सेप्टेम्बरमा उद्दार गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *