पाकिस्तान पुगेर जोलीले भनिन्-मैले यस्तो कहिल्यै देखेकी थिइन

डिसी नेपाल
८ असोज २०७९ ९:१७

इस्लामाबाद। हलिउड स्टार तथा मानवतावादी एन्जेलिना जोलीले पाकिस्तानको बाढी प्रभावितलाई अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गरेकी छिन्। बाढीग्रस्त पाकिस्तानको भ्रमणपछि उनले यस्तो आह्वान गरेकी हुन्।

पछिल्लो सरकारी तथ्यांकअनुसार पाकिस्तानमा अभूतपूर्व मनसुनी वर्षाले देशको एक तिहाइ भागमा बाढी आएको छ र १६ सय जनाको मृत्यु भएको छ। बाढीबाट ७० लाखभन्दा बढी मानिस प्रभावित भएका छन्। बाढीका कारण मानिसहरुलाई सफा पिउने पानीको अभाव हुनुका साथै विभिन्न संक्रामक रोग फैलिएको छ। बाढीपछि प्रभावित केही क्षेत्रमा डेंगुको प्रकोप बढेको छ।

पाकिस्तानमा अहिलेको अवस्था आफूले कहिल्यै नदेखेको उनले बताइन्। ‘मैले यस्तो कहिल्यै देखेकी थिइन’, प्रभावित क्षेत्रका वासिन्दासँग जोलीले भनिन्। जोलीले यसअघि सन् २०१० को बाढी र २००५ को विनाशकारी भूकम्पका पीडितहरूलाई भेट्न पाकिस्तान गएकी थिइन्।

जलवायु परिवर्तनले अहिलेको अवस्था सृजना गरेको उनले संकेत गरिन्। शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त को प्रतिनिधित्व गर्ने जोलीले दक्षिणी सिन्ध प्रान्तको बाढी प्रभावित क्षेत्रको भ्रमण गरेकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *