आजदेखि न्युरोडमा चार पांग्रे सवारीमा रोक

डिसी नेपाल
८ असोज २०७९ १०:१५

काठमाडौं । काठमाडौंको न्युरोडमा आजदेखि चार पांग्रे सवारीमा रोक लगाईएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोडको जामको समस्या कम गर्न चार पांग्रे सवारीमा रोक लगाएको जनाएको छ । त्यहाँ गुड्ने सवारीलाई खुलामञ्चमा पार्किङको व्यवस्था मिलाइएको छ । न्युरोड गेटबाट भित्र प्रवेश गर्ने यात्रुवाहक, मालवाहक तथा निजी चारपांग्रे सवारी साधनलाई आजबाट खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको हो ।

आजदेखि फूलपातीसम्म यो व्यवस्था लागु गरिएको हो । बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नभएसम्म ट्राफिक आइसलेन्ड राखिएको स्थानबाट डाइभर्शन गरी खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *