साउदी अरेबियाको मध्यस्थतामा रुस र युक्रेनबीच सम्झौता
काठमाडौं । साउदी अरबको मध्यस्थतामा रुस र युक्रेनबीच युद्धबन्दी आदानप्रदानको विषयमा सहमति भएको छ । एएफपी समाचार एजेन्सीको रिपोर्टका अनुसार रुसले शुक्रबार राष्ट्रपति भ्लादिमिर पुटिन र साउदी युवराज मोहम्मद बिन सलमानबीच फोनमा कुराकानी भएको र राष्ट्रपति पुटिनले सम्झौताप्रति सन्तुष्टि व्यक्त गरेको बताएको छ ।
क्रेमलिनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बिहीबार अबेर राति भएको यस फोन वार्तामा दुवै नेताले युद्धबन्दी विदेशी नागरिकलाई साउदी अरेबियामा हस्तान्तरण गर्ने कार्यमा भएको प्रगतिप्रति खुशी व्यक्त गरे। निजी मध्यस्थतामार्फत साउदी युवराजले यो सम्झौता गराएको हो।”
भिक्टर मेदवेदचुक रसियालाई सुम्पिएका कैदीहरू मध्ये एक हुन्, जो पुटिनको नजिक मानिन्छन् । रुसले युद्धबन्दी आदानप्रदान सम्झौताको एक भागको रूपमा मारिउपोलमा अजोभस्टल स्टिलवर्क प्लान्टको रक्षा गर्दा रुस विरुद्ध लडेका सैनिकहरू सहित २१५ युद्धबन्दीहरूलाई हस्तान्तरण गरेको छ।
यी युद्धबन्दीमा बेलायत, अमेरिकाका नागरिकसहित १० विदेशी नागरिक पनि छन् । यी मानिसहरूलाई साउदी अरबको जिम्मा लगाइएको छ।
बदलामा युक्रेनी पूर्व सांसद भिक्टर मेदवेदचुक सहित ५५ कैदीलाई रुसलाई सुम्पिएको छ । भिक्टर मेदवेदचुक पुटिनको नजिक मानिन्छ र युक्रेनमा देशद्रोहको आरोप छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment