इजरायलका प्रधानमन्त्री स्वतन्त्र प्यालेस्टाइन राज्य स्थापना गर्न तयार
काठमाडौं । इजरायलका प्रधानमन्त्री यायर लेपिडले गत बुधबार संयुक्त राष्ट्रसंघको महासभामा इजरायल–प्यालेस्टाइन द्वन्द्वको समाधानका लागि दुई राष्ट्रको सिद्धान्त प्रस्तुत गरेका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार संयुक्त राष्ट्र संघको महासभामा लामो समयपछि इजरायली नेताले यो सिद्धान्त उल्लेख गरेका छन् ।
उनले प्यालेस्टिनी जनतासँग दुई समाजका लागि दुई राष्ट्रको सिद्धान्तमा भएको सम्झौता इजरायलको सुरक्षा, अर्थतन्त्र र त्यहाँका बालबालिकाको भविष्यका लागि सही कदम हुने बताए ।
उनले यो पनि भने कि कुनै पनि सम्झौताले प्यालेस्टिनी क्षेत्रहरू इजरायलका लागि खतरा नहुने शान्तिपूर्ण राज्य रहने तथ्यमा निर्भर हुनेछ।
इजरायल र प्यालेस्टाइनबीच दशकौंदेखि चलेको द्वन्द्व समाधान गर्न दुवै पक्षका नेता र अन्तर्राष्ट्रिय समुदायमा दुई राष्ट्र सिद्धान्तबारे छलफल भएको छ। यस अन्तर्गत पश्चिमी किनार, गाजा पट्टी र पूर्वी जेरुसेलममा सन् १९६७ युद्धविराम हुनुअघि इजरायलसँग शान्तिपूर्वक बस्न सक्ने क्षेत्रमा स्वतन्त्र प्यालेस्टाइन राज्य निर्माण गरिनेछ।
लेपिडले नोभेम्बर १ मा इजरायलको चुनाव हुनुभन्दा छ हप्ता अघि यो बयान दिएका थिए। आगामी चुनावमा दुई राष्ट्र सिद्धान्तको विरोध गर्दै आएका दक्षिणपन्थी नेता बेन्जामिन नेतान्याहुको पुनरागमन हुन सक्ने बताइएको छ ।
यो बयान दिएपछि लेपिडले इजरायलमा आलोचनाको सामना गरिरहेका छन् । इजरायलका गृहमन्त्रीले ट्वीटरमा लेखेका छन्- ‘यायर लेपिड प्यालेस्टाइन राज्यको समर्थनमा आफ्नो व्यक्तिगत विचार व्यक्त गर्दै हुनुहुन्छ। यो चुनावी षड्यन्त्र हो । हामी इजरायली माटोमा आतंकवादी प्यालेस्टाइन राज्य स्थापना हुन दिन्नौं। यस्तो राज्यले चरमपन्थ, आतङ्क र क्षेत्रीय अस्थिरता फस्टाउने वातावरण सिर्जना गर्नेछ ।
यससँगै बेन्जामिन नेतान्याहु र नफ्ताली बेनेटबाट लेपिडको आलोचनाको खबर पनि आएको छ।







डिसी नेपाल







Facebook Comment