भारतको अण्डमान र निकोबारमा ६.१ म्याग्नेच्युडको भूकम्प

डिसी नेपाल
८ असोज २०७९ ११:३४
56
Shares

काठमाडौं । अण्डमान र निकोबार टापुमा शनिबार बिहान शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र (एनसीएस)का अनुसार रेक्टर स्केलमा ६.१ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पको केन्द्रबिन्दु क्याम्पबेल खाडीबाट ४३१ किलोमिटर टाढा थियो । भूकम्पको गहिराई जमिनमुनि ७५ किलोमिटर थियो । भूकम्पको धक्का निकै शक्तिशाली भएपनि यसबाट कुनै क्षतिको विवरण प्राप्त भएको छैन ।

दक्षिण अमेरिकी देश चिलीमा शनिबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ४.३० बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु पृथ्वीबाट करिब १० किलोमिटर तल थियो । भूकम्पको केन्द्रबिन्दु राजधानी सान्टियागोबाट करिब ९७९ किलोमिटर दक्षिण-दक्षिणपूर्वमा रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *