अमेरिकामा स्कुलहरूमा प्रहरी परिचालन

डिसी नेपाल
८ असोज २०७९ ११:४७
160
Shares

काठमाडौं । अमेरिकाका विद्यालयमा सामूहिक गोलीकाण्डका घटनापछि प्रहरी तैनाथ गरिएको छ । तर, कतिपय विद्यालयमा यसको प्रतिकूल असर बालबालिकामा पनि देखिएको छ ।

जोन हप्किन्स युनिभर्सिटीले गरेको अनुसन्धानले देखाएको छ कि प्रहरी र सुरक्षाको बढी प्रबन्ध देखेर बालबालिकाले विद्यालयलाई जेल सम्झन थालेका छन् । परीक्षामा राम्रो प्रदर्शन गर्न सकेनन् । धेरै बालबालिका विद्यालय आउन छाडेका छन् ।

यस्ता बालबालिका विद्यालय पास गरेर कलेजमा भर्ना हुँदैनन् र पढाइलाई अगाडि बढाउँदैनन् । विद्यालयमा उच्च सुरक्षाले बालबालिकाको पढ्न र सिक्ने चाहनामा कमी ल्याउँछ।

यति धेरै सुरक्षा र पर्यवेक्षणको बीचमा, विद्यालयको अनुभव विचलित हुन्छ भन्ने कुरा केटाकेटीहरूले बुझ्छन्। अनुसन्धानमा संलग्न ओडिस जोन्सनका अनुसार बालबालिकामा विद्यालय जाने डर पैदा भइरहेको छ ।

अनुसन्धानका अनुसार प्रहरीहरूले विद्यालयमा काला बालबालिकालाई अन्य बालबालिकाको तुलनामा चार गुणा बढी अनुगमन गर्छन् । विद्यालयमा मेटल डिटेक्टरबाट बालबालिकाको जाँच गरिन्छ र ड्रग्स परीक्षण पनि गरिन्छ । यी सबैले बालबालिकामा नराम्रो असर पार्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *