अंकिता भण्डारीको शव ६ दिनपछि नहरमा भेटियो, नेताका छोरा पक्राउ

डिसी नेपाल
८ असोज २०७९ १२:५४
2.1k
Shares

काठमाडौं । उत्तराखण्डमा भाजपा नेता विनोद आर्यका छोरा पुलकित आर्य रिसेप्सनिस्टको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका छन् ।

भारतको उत्तराखण्ड प्रहरीले अंकिता भण्डारी नामकी युवतीको शव शनिबार बिहान फेला पारेको छ । अंकिताको शव ऋषिकेशको चिला नहरबाट फेला परेको थियो । प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामीले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई नछोड्ने बताएका छन् ।

मुख्यमन्त्रीले ट्वीटमा लेखेका छन्, “आज बिहान छोरी अंकिताको शव फेला परेको छ। यो हृदयविदारक घटनाले मनमा गहिरो पीडा भएको छ। दोषीलाई कडा भन्दा कडा कारबाही गर्न प्रहरी नायब महानिरीक्षक पी रेणुका देवी जीको नेतृत्वमा एसआईटी टोली गठन गरी यस गम्भीर बिषयको गहिरो छानबिन गरी गम्भिर अनुसन्धान गर्न निर्देशन समेत दिएका छौँ ।अहिले राति अवैध रुपमा बनाइएको अभियुक्तको रिसोर्टमा बुलडोजर चलाएर कारबाही गरिएको छ । यसका दोषीलाई कारबाही गर्ने हाम्रो संकल्प छ । जघन्य अपराधीलाई छोडिने छैन।”

अंकिताको हत्यामा संलग्न पुलकित आर्य, रिसोर्टका प्रबन्धक सौरभ भास्कर र सहायक प्रबन्धक अंकित गुप्तालाई प्रहरीले शुक्रबार पक्राउ गरेको थियो । सोधपुछका क्रममा उनले हत्यापछि अंकिताको शव चिला नहरमा फालेको बताए ।

प्रहरी नायब उपरीक्षक शेखरचन्द्र सुयालका अनुसार प्रारम्भिक सोधपुछमा उनले झुक्याउन खोजे पनि कडाई गरेपछि सत्य स्वीकार गरेका थिए । सोमबार अंकिता आफ्नो कोठामा नभेटेपछि र उनका परिवारका सदस्यहरूले उनको कुनै पनि जानकारी नपाएपछि उनीहरूले हराएको उजुरी दिएका थिए ।

पुलकित आर्यका पिता विनोद आर्य भाजपा सरकारमा मन्त्री भइसकेका छन् । उनी उत्तराखण्ड माटी कला बोर्डका अध्यक्ष थिए। मुख्यमन्त्री पुष्करसिंह धामीले राज्यका सबै रिसोर्टको छानबिन गर्न जिल्ला अधिकारीलाई निर्देशन दिँदै अवैध रुपमा सञ्चालन भएका सबै रिसोर्टलाई कारबाही गर्न निर्देशन दिएका छन् ।

पौडी जिल्लाको यमकेश्वर ब्लकमा बनेको भाजपा नेताको रिसोर्टमा शुक्रबार साँझ बुलडोजर चलेको थियो । पुलकित आर्यले यो रिसोर्ट चलाउने गरेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *