आबेको अन्तेष्टि खर्च बेलायतकी दिवंगत एलिजावेथको भन्दा बढी !

डिसी नेपाल
९ असोज २०७९ ७:३१
3.0k
Shares

टोकियो। देशका जनताको चर्को आलोचनाबीच जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको अन्त्येष्टि अर्को साता हुने भएको छ। अन्तेष्टिको लागतलाई लिएर भएको चर्का आलोचनाबीच उनको अन्तिम संस्कार हुन लागेको हो।

सिन्जो आबेको यसै वर्षको जुलाई ८ मा एउटा राजनीतिक कार्यक्रममा हत्या भएको थियो । अन्तेष्टिका लागि जापान सकरकारले १ दशमलब ६६ अर्ब यन खर्च लाग्ने जनाएको छ, जुन रकम हालै दिवंगत भएकी बेलायती महारानीको राजकीय अन्तेष्टिमा लागेको खर्चभन्दा बढी हो।

आबेको अन्त्येष्टिको विवादले जापानमा प्रदर्शन सुरु गरेको छ। यसै साताको सुरुमा आबेलाई राजकीय अन्तेष्टि गर्ने सरकारको घोषणाको विरोधमा एक व्यक्तिले प्रधानमी फुमिको किसिदाको आवास नजिक आत्मदाहको प्रयास गरेका थिए।

आबेको अन्तेष्टिमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजसहित २१७ देशका ७०० पाहुनाहरु सहभागी छन् । प्रधानमन्त्रीको रूपमा आबेको नीतिहरूले जापानलाई विभाजित गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *