फस्फोरस खानीमा भेटियो त्रिकोणी दाँत, दुर्लभ मेगालोडोनको भएको वैज्ञानिकको दाबी
न्युयोर्क। अमेरिकाका एक अनुसन्धानकर्ताले सामाजिक सञ्जालमा पोस्ट भएको त्रिकोणीय दाँतको तस्बिर प्रागैतिहासिक युगको ठूलो सेतो सार्क मेगालोडोनको भएको बताएका छन्। उक्त दाँत भर्खरै फस्फोरस खानीमा फेला परेको थियो । रेडिट प्रयोगकर्ताले उक्त फोटो पोस्ट गरेका छन्।
पोष्टमा बुसीविभर १८७ नामक प्रयोगकर्ताले अन्य प्रयोगकर्ताहरूलाई यसलाई पहिचान गर्न आग्रह गरेका छन् । पोस्ट सेयर गर्दै प्रयोगकर्ताले लेखेका छन्, “पहिचान गर्न मद्दत गर्नुहोस्।”
धेरै रेडिट प्रयोगकर्ताहरूले आ—आफ्नै व्याख्या गरे। “सुन्दर जीवाश्म देखिन्छ र ठूलो सेतो दाँत हुनको लागि धेरै ठूलो छ। मलाई लाग्छ तपाईंले यहाँ मेगालोडन दाँत पाउनुभयो,” एक प्रयोगकर्ताले लेखे।
अर्का प्रयोगकर्ताले भने, ‘तपाईँले किन डाउनभोट गर्नुभयो भन्ने कुरा थाहा छैन, म एकदमै पक्का छु कि मेगालोडनको दाँत हो। साइजले मात्र मेगालोडनलाई औंल्याउँछ। म विशेषज्ञ त होइन, तर धेरै उत्साही छु’, अर्का प्रयोगकर्ताले लेखेका छन्।
न्युजविकका अनुसार जीवाश्मविज्ञ तथा चार्ल्सटन फोसिल एडभेन्चर्सका मालिक एश्बी गेलले उक्त दाँत वास्तवमा मेगालोडनको हो। गेलका अनुसार उक्त जीवाश्म ३.६ देखि १५.९ मिलियन वर्ष पुरानो हुन सक्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment