रुरु जलविद्युत परियोजनाले गर्यो लाभांश दिने घोषणा, कहिले हुँदैछ साधारणसभा ?

डिसी नेपाल
९ असोज २०७९ १०:११

काठमाडौँ। रुरु जलविद्युत परियोजना लिमिटेडले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ।  कम्पनीको शुक्रबार (असोज ७ गते) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

सोहि बैठकमा लाभांश दिने प्रस्तावसंगै साधारण सभा र बुकक्लोज मिति पनि तय गरेको छ। कम्पनीले लाभांश प्रस्ताव पारित गर्न कात्तिक ४ गते १७ औँ वार्षिक साधारणसभा डोकेको छ। सभा काठमाण्डौको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा अपराह्न १ बजेबाट सुरु हुनेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले आउँदो असोज २७ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज २६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *