गैंडाको खागसहित गेष्टहाउसबाट २ जना पक्राउ

डिसी नेपाल
१० असोज २०७९ ११:१९
80
Shares

काठमाडौं । काठमाडौं प्रहरीले गैंडाको खागसहित २ जनालाई पक्राउ गरेको छ । टोखा नगरपालिका–९ नयाँबसपार्कस्थित न्यू रुकुम गेष्टहाउसबाट गैंडाको खाग १ थानसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा दोलखा गौरी शंकर गाउँपालिका–४ घर भएका २४ वर्षीय प्रकाश खत्री र रुकुम उत्तर गंगा गाउँपालिका–८ घर भएका ३९ वर्षीय प्रेम कुमारी घर्ती रहेका छन् ।

उक्त गेष्टहाउसमा गैंडाको खाग लुकाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेकोा हो । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *