त्रिशूली देवी मन्दिर खोलियो

डिसी नेपाल
१० असोज २०७९ १३:०४
60
Shares

काठमाडौं । बडादसैंको घटस्थापनासँगै महोत्तरी जलेश्वरनाथ महादेव मन्दिर परिसरको त्रिशूली देवी मन्दिर आज बिहानैदेखि सर्वसाधारणको दर्शन तथा पूजाआजाका लागि खोलिएको छ ।

प्रत्येक वर्ष केबल दसैंको १० दिन मात्रै यो मन्दिर खुला रहने गर्छ । घटस्थापनाको दिनदेखि सर्वसाधारणको दर्शन तथा पूजा, अर्चनाका लागि यो मन्दिर खोलिएको मन्दिरका पुजारी उपेन्द्र पाठकले बताए ।

बिहानैदेखि दर्शनार्थीको घुँइचो लागेको छ । यहाँको प्रतिमा वर्षभरि कसैले हेर्न वा छुन पाउँदैनन् । दसैँमा पुजारीले उनको १० दिनसम्म विशेष पूजाआजा गर्ने, सर्वसाधारणले माताको दर्शन गर्न र भेटीसमेत चढाउन पाउने व्यवस्था रहेको पुजारी पाठकले बताए ।

त्रिशूली देवी महोत्तरी, धनुषा, सिरहा, सर्लाही जिल्लालगायत भारतको सीतामढी र मधुवनी जिल्लामा निकै प्रख्यात छ । यी विभिन्न जिल्ला तथा भारतको विभिन्न ठाउँबाट दसैँभरिमा त्रिशूली देवी मन्दिरमा हजारौँ भक्तजन दर्शनका लागि आउने गरेका छन् । मन्दिरमा भाकल गरेको कुरा पूरा हुने जनविश्वास रहेको र वर्षमा एकपटक मात्रै माताको दर्शन हुनेहुँदा सर्वसाधारणको आस्थाको केन्द्र बनेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *