अब अदालतले प्रत्यक्षीकरणका मुद्धा मात्रै हेर्ने
काठमाडौं । आज सोमबारदेखि देशभरका अदालतमा बन्दी प्रत्यक्षीकरणका रिटमा मात्रै सुनुवाइ हुने भएको छ। घटस्थापनादेखि कोजाग्रत पूर्णिमाका दिनसम्म सर्वोच्च अदालत बन्द रहने भएकाले अन्य रिटमा सुनुवाइ नहुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
घटस्थापना, शनिबार र विजया दशमीका दिन भने कुनै पनि रिटमा सुनुवाइ हुने छैन। यी दिनबाहेक विहान ११ बजेदेखि ३ बजेसम्म अदालत खुल्ला रहनेछन्। २४ गतेदेखि भने अदालत नियमित समयमै खुल्ला हुने र नियमित मुद्दाको सुनुवाइ हुनेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment