७६ जिल्लामा फैलियो डेंगु, मृत्यु हुनेको संख्या ३२ पुग्‍यो

डिसी नेपाल
१० असोज २०७९ १६:०५

काठमाडौं । हालसम्म देशभरका ७६ जिल्लामा डेंगु संक्रमण फैलिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालससम्म २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा डेंगुका एक हजार ५१ जना संक्रमित थपिएका छन् ।

हाल सम्म डेंगु संक्रमणका कारण ३२ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बागमती प्रदेशमा १९ हजार ९१०मा डेंगु संक्रमण भएको छ ।

यस्तै, लुम्बिनी प्रदेशमा २ हजार ८८७, सुदूरपश्चिममा ८०४, प्रदेश १ मा ७७५, गण्डकीमा ५५६, मधेशमा ३८० र कर्णालीमा २३१ जनामा डेंगु संक्रमण भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *