इरानमा हिजाबविरोधी प्रदर्शनः कम्तीमा ७५ प्रदर्शनकारीको मृत्यु

डिसी नेपाल
११ असोज २०७९ ८:५३

पेरिस। इरानमा सुरु भएको हिजावविरोधी प्रदर्शनमा ७५ जनाको मृत्यु भएको छ। ओस्लोमा रहेको मानवअधिकारवादी समूह इरान हुमन  राइट्स (आइएचआर)ले उक्त जानकारी दिएको हो।

आचरणसम्बन्धी प्रहरीको पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर ११ दिनदेखि इरानमा सरकारविरोधी प्रदर्शनहरु भइरहेका छन्। प्रहरीसँगको झडपमा दर्जनौ प्रदर्शनकारीको मृत्यु भएको छ । तर इरानी अधिकारीहरुले भने प्रदर्शनमा ४१ जनाको मृत्यु भएको छ।

हिरासतपछि तीन दिन कोमामा रहेकी २२ वर्षीया महसा अमिनीको १६ सेप्टेम्बरमा मृत्यु भएको थियो। खुकुलो हिजाब लगाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। यसबीच, महिलाहरुले लगातार ११औँ रात इरानका विभिन्न स्थानमा प्रदर्शन गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *