क्युबामा आँधीपछि १० लाख मानिस विद्युत्विहीन
हवाना। क्युबामा आँधीपछि १० लाख मानिस विद्युतविहीन भएका छन्। इयान आँधीका कारण एक जनाको मृत्युको भएको छ भने भवन तथा संरचनामा ठूलो क्षति भएको छ। क्युवाली राष्ट्रपति मिगुएल डियाज क्यानेलल आँधी प्रभावित क्षेत्रको भ्रमण गरेका थिए।
क्युवाली अधिकारीहरूले ६ वटा क्षेत्रमा आपतकाल घोषणा गरेका छन्। पूर्वानुमानकर्ताहरूले आँधी प्रभावित क्षेत्रमा अचानक बाढी पहिरो आउने चेतावनी दिएका छन्।
तीन श्रेणीको आँधी १९५ किलोमिटर प्रतिघण्टा (१२० माइल प्रतिघण्टा) को गतिमा अहिले फ्लोरिडातर्फ बढिरहेको छ।
करिब एक शताब्दीमा फ्लोरिडाका केही भागले तीब्र आँधी सामना गर्न लागेको मौसमविद्हरुले चेतावनी दिएका छन् हो। मंगलबार रातिसम्म तुफान मेक्सिकोको दक्षिण-पूर्वी खाडीमा बलियो हुँदै अगाडि बढेको थियो।
फ्लोरिडाका गर्भनर रोन डिसान्टिसले आपत्काल घोषणा गरेका छन् । प्रभावित क्षेत्रमा उद्दार प्रयास गर्न ५ हजार राष्ट्रिय गार्डलाई परिचान हुन आदेश दिएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment