निर्वाचन ब्यवस्थापन प्रशिक्षण आजदेखि

डिसी नेपाल
१२ असोज २०७९ १२:५६

काठमाडौं। निर्वाच आयोगले आजबाट प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन व्यवस्थापन प्रशिक्षण सुरु गरेको छ।

‘प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ संचालनको लागि मूख्य निर्वाचन अधिकृत ७७, निर्वाचन अधिकृत ८८ र निर्वाचन अधिकारी ७७ समेतको निर्वाचन ब्यबस्थापन प्रशिक्षण आज देखि प्रारम्भ गरियो,’ निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताए।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गते एकैचरणमा हुँदैछ। निर्वाचन सम्पन्न गर्नको लागि आउँदो साता सबै निर्वाचन अधिकृतका कार्यालयहरु स्थापना गरिने उनले जनाए।

‘असोज १५ देखि २० गते सम्ममा १६५ वटै निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना हुनेछन्,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *