गुरु घिमिरेको समर्थन गर्दै गोकुल बास्कोटाले गरे गगन थापाको आलोचना

डिसी नेपाल
१२ असोज २०७९ १८:०९

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले नेपाली कांग्रेसका नेता गगन थापाको आलोचना गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा कांग्रेस नेता गुरु घिमिरेप्रति सहानुभूति देखाउँदै थापाको आलोचना गरेका हुन् ।

‘कांग्रेसमा गगनले आफ्नो रक्षाको राजनीति गरेको देखियो जुन अक्सर नेपाली नेताहरुले गर्दै आएको सनातनी कर्म हो,’ नेता बास्कोटाले भनेका छन्, ‘तर चुपचाप र शान्त देखिने गुरू घिमिरेले दलीय राजनीतिको वास्तवीक मर्मरक्षाको राजनीति गरेको देखियो ।’

घिमिरेले दलिय राजनीतिको वास्तवीक मर्मरक्षा गरेपनि फाइदा भने थापाले नै लिने उनले जनाएका छन् ।

‘गुमाउन त गुरुले नै गुमाउछन तर गगनसामु गुरुले स्पस्ट रुपमा काडा छाप छोड्ने भए,’ नेता बास्कोटाले लेखेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *