लोसपाकी चन्दा चौधरी कांग्रेसमा प्रवेश

डिसी नेपाल
१२ असोज २०७९ १८:१७

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ तथा देउवा पत्नी आरजु राणा देउवाले चौधरीलाई कांग्रेसमा स्वागत गरेर भित्र्याएका हुन् ।
चौधरी लोसपाकी निवर्तमान सांसद तथा पूर्वमन्त्रीसमेत हुन् ।

आगामी निर्वाचनमा सर्लाही-४ बाट उठ्ने गरी कांग्रेस प्रवेश गराइएकाे स्राेतले जनाएकाे छ । उक्त क्षेत्रबाट अमरेशकुमार सिंहले जितेका थिए । तर, यसपटक सिंह सिफारिसमै परेका छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *