आत्मसमर्पणवादी मानसिकताले मुलुक स्वाधिन बन्न सक्दैनः कमल थापा

डिसी नेपाल
१२ असोज २०७९ १९:२१

हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्तामा पुग्न र टिकिरहनको लागि बिदेशी शक्तिको आशिर्वाद खोज्ने प्रवृत्तिले मुलुक स्वाधिन बन्न नसक्ने बताएका छन् ।

उनले बिदेशी दबाब र प्रभाबलाई अस्वीकार गर्न सक्ने नेतृत्व अहिले मुलुकले खोजिरहेको समेत बताए । राप्रपा नेपाल केन्द्रिय पदाधिकारी, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षहरुको संयुक्त भर्चुअल बैठकलाई आज सम्बोधन गर्दै थापाले राष्ट्रियताको सम्बर्द्धन, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक समृद्धिको एजेन्डा बोक्ने दल र नेतालाई जनताले रोज्नु पर्ने समेत बताए ।

राजनीतिमा निष्ठा र इमानदारीता आवश्यक हुने चर्चा गर्दै उनले राजनितिलाई फोहरी बन्न नदिन जनताले चुनाव मार्फत सहि नेतृत्व छान्न पर्ने समेत स्पष्ट पारे । पछिल्लो समय ‘मनि’ र ‘मसल’ राजनीतिमा ‘हाइ’ भएकोमा उनको चिन्ता थियो । बैठकले देशभर भैरहेको चुनाव तयारीबारे समिक्षा गरेको तथा आमचुनावमा राप्रपा नेपाललाई विजय बनाउन आवश्यक रणनीति एवं कार्ययोजना समेत तयार गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *