शेखर-गगन समूहको छुट्टै चियापान कार्यक्रम

डिसी नेपाल
१३ असोज २०७९ १४:१९

काठमाडाैं। नेपाली कांग्रेसको शेखर कोइराला पक्षले  दसैंको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। बिहीबार विहान काठमाडौंको बत्तीसपुतलीमा कोइराला पक्षको खबरदारी अभियानद्वारा आयोजित चियापान कार्यक्रमा शीर्ष नेता पनि सहभागी भएका हुन्।

पार्टीको आन्तरिक एकता, समाज अवसर र न्यायको निम्ति दसैं, तिहार र छठका अवसरमा चियापान कार्यक्रम आयोजना गरिएको कांग्रेस खवरदारी अभियानले जनाएको छ। चियापानमा कांग्रेस नेता शेखर कोइराला, गगन थापालगाएत सहभागी भएका थिए।

चियापानमा सहभागीहरुले समानुपातिक बन्दसूचीमा अन्याय भएको र यस्तो अवस्थामा प्रत्यक्षतर्फ पनि देखिन सक्ने भएकाले सजक हुनुपर्ने बताएका छन्।

कांग्रेस युवा नेता भूपेन्द्रजंग शाहीले कांग्रेस सवैको साझा पार्टी भएकाले सवै नेता तथा कार्यकर्ताको भावना अनुसार नेतृत्व अघि बढ्नुपर्ने बताए। उनले टिकट बितरण गर्दा न्यायोचित ढंगले गर्नुपर्ने आफूहरुको भनाइ रहेकाे बताए।

मंसिर ४ गते हुने निर्वाचनको सिट बाँडफाँटमा समाज अवसर दिनुपर्ने भन्दै शेखर कोइराला समूहले निरन्तर आवाज उठाइरहेको छ भने बुधबार पार्टी कार्यालय सानेपामा धर्ना समेत दिएका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *