आयल निगमका डिपो दसैं बिदामा पनि खुला रहने
काठमाडौँ। नेपाल आयल निगमका डिपो दसैं बिदामा पनि खुला रहने भएका छन्।
पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन डिपो खुला राख्ने निर्णय भएको निगमले जनाएको छ। ती डिपो स्थानीय आवश्यकताका आधारमा खुला हुनेछन्। कार्यतालिका प्रकाशित गरिएको छ।
इन्धनको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए तत्काल सम्पर्क गर्न फोन नम्बरसमेत उपलब्ध गराइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment