धादिङको नीलकण्ठमा ट्रक पल्टिँदा दुई जनाको मृत्युु
![धादिङको नीलकण्ठमा ट्रक पल्टिँदा दुई जनाको मृत्युु](https://www.dcnepal.com/wp-content/uploads/2022/01/accident-bus.jpg)
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै आज दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ । आठ जना घाइते भएका छन् ।
त्रिपुरासुन्दरी गाउँपालिका–२ सल्यानटारमा आयोजना गरिने महोत्सवको सामान बोकेर जाँदै गरेको ना४ख ८०४१ नंको गाडी सडकमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा कपिलवस्तुका ३५ वर्षीय इन्द्रजित पासी र २५ वर्षीय सद्दाम अन्सारीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । गम्भीर घाइते विनोद चामर र तुलसीराज पासीलाई उपचारका लागि काठमाडौँ लगिएको छ ।
सल्यानटारमा यही असोज २८ गतेदेखि हुने स्थानीय महोत्सवमा स्टलको सामान लिएर जाँदै गरेको ट्रक पल्टेको प्रत्यक्षदर्शी मनिष तामाङले बताए । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । दुई जनाको अवस्था सामान्य छ । उनीहरुको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।
Facebook Comment