ताप्लेजुङमा आइएमई लुटपाट गर्ने मध्ये एक पक्राउ

डिसी नेपाल
१७ असोज २०७९ १७:३४

काठमाडौं । ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित वीरेन्द्र चोकमा रहेको आइएमई लुटपाट प्रकरणमा प्रहरीले एकजना शंकास्पदलाई पक्राउ गरेको छ । सोमबार बिहान लुटपाट भएकोमा दिउसो शंकास्प्द व्यक्तिलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डिएसपी)कैलाश राईले घटनामा संलग्न भएको आशंकामा एकजनालाई पक्राउ गरी अनुुसन्धान थालेको जानकारी दिए ।

‘हामी घटनामा संलग्नको खोजी कार्यलाई उच्च प्राथमिकतामा राखेर अनुसन्धान कार्यलाई अघि बढाइरहेका छौं’राईले भने । प्रहरीका अनुसार जाकेट राखेको सुन निकाल्ने बहानामा आएका चारजनाको सूमहले सोमबार बिहान आइएमईका कर्मचारीलाई नियन्त्रणमा लिई साढे ११ लाख नगद सहित गरगहना लुटेर भागेका थिए ।

चार जनाको समूहमध्ये तीनजना एकैसाथ आइएमईमा प्रवेश गरी कार्यरत एक कर्मचारीलाई नियन्त्रणमा लिई रकम र गरगहना लिएर भागेका थिए । सुन कति थियो खुलेको छैन । आइएमई सञ्चालक अमरकुमार श्रेष्ठ र उनका श्रीमती मैया श्रेष्ठ देश बाहिर रहेकोले आइएमई कर्मचारीले मात्रै चलाइरहेका थिए । नेपाल प्रहरीले अन्य व्यक्तिको पनि खोजी गरिरहेको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *