जनकपुरमा भीषण आगलागी, एकको अवस्था गम्भीर

डिसी नेपाल
१८ असोज २०७९ ६:३२

धनुषा। जनकपुरधाममा भीषण आगलागी भएको छ। जनकपुर कदम चोकमा रहेको हेलमट पसलमा आगलागी भएको हो। सो आगलागीले गर्दा  तीनघरमा समेत क्षति पुगेको छ।

आगलागीमा परेर ३ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उक्त गोदाममा काम गर्ने धनुषा लक्ष्मीनियाँ गाउँपालिका वडा २ सिनुरजोडाका अन्दाजी वर्ष २२ वर्षका सुभाष यादव गम्भीर घाइते भएका छन् भने अन्य दुई जनाको पहिचान खुल्न सकेको छैन । यादवको उपचार सम्भव नभएपछि काठमाडौँ रेफर गरिएको जनकपुर प्रादेशिक अस्पतालले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *