उत्तर कोरियाले जापानमा मिसाइल हान्यो, होक्काइदोका बासिन्दालाई घरबाहिर ननिस्कन निर्देशन

डिसी नेपाल
१८ असोज २०७९ ११:०६

काठमाडौं । उत्तर कोरियाले उत्तरी जापानमाथि मध्य दूरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । जसका कारण जापान सरकारले होक्काइडो टापुका बासिन्दालाई घरबाहिर ननिस्कन भनेको छ, यति मात्र होइन, सरकारले केही रेल सञ्चालनमा अस्थायी रोक लगाएको छ ।

२०१७ पछि उत्तर कोरियाले जापानमाथि मिसाइल प्रहार गरेको यो पहिलो पटक हो। संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालेस्टिक र आणविक हतियार परीक्षण गर्न प्रतिबन्ध लगाएको छ ।

जापानी प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाको कदमको कडा निन्दा गर्दै यसलाई “हिंसक व्यवहार” भनेका छन्। यस विषयमा जापान सरकारले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएको छ ।

यो क्षेप्यास्त्र जापानबाट करिब ३ हजार किलोमिटर टाढा प्रशान्त महासागरमा खसेको सरकारले जनाएको छ । दक्षिण कोरियाले उक्त क्षेप्यास्त्र स्थानीय समय अनुसार बेलुका ७:२९ मा प्रक्षेपण गरेको र जापानी हवाई क्षेत्रबाट गुज्रिएको जनाएको छ ।

अमेरिकाले उत्तर कोरियाको यो कदमलाई दुर्भाग्यपूर्ण भनेको छ । उत्तर कोरियाले एक हप्तामा गरेको यो पाँचौं मिसाइल परीक्षण हो। शनिबार दुईवटा रकेट जापानको एक्सक्लुसिभ इकोनोमिक जोन (इइजेड) नजिकै खसेका थिए ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्को दबाबका बाबजुद किम जोङ उनले हालै क्षेप्यास्त्र परीक्षणलाई तीव्र पारेका छन्। कडा प्रतिबन्धका बाबजुद उत्तर कोरियाले सन् २००६ देखि २०१७ सम्म ६ वटा आणविक परीक्षण गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *