बर्दियामा भ्यानको ठक्करवाट एक युवतीको मृत्यु

डिसी नेपाल
१८ असोज २०७९ १३:२४

बर्दिया । बर्दियामा भ्यानको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–९ बनगाईस्थित सडकमा भ्यानले ठक्कर दिदाँ ती युवतीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार भे १ ज १२४१ नम्बरको भ्यानले ठक्कर दिंदा गुलरिया नगरपालिका–४ बालापुरकी २५ वर्षीया मिरा चौधरीको मंगलबार बिहान मृत्यु भएको हो ।

भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी चौधरीको उपचारका लागि मेडिकल कलेज कोहलपुरमा लैजादै गर्दा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *