दशैको मासु घाँटीमा अड्किएर फेरि अर्काको मृत्यु

डिसी नेपाल
१८ असोज २०७९ १५:३५

काठमाडौं । मासु खाँदा घाँटीमा हड्डी अड्किएर लमजुङमा एक जनाको मृत्यु भएको छ । मर्स्याङ्दी गाउँपालिका ९ का बर्ष ४५ का सम्सेर दमैको घाँटीमा हाड अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

यसअघि चितवनमा पनि एकजनाको मासु अड्किएर ज्यान गएको थियो । यसअघि चितवनको कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्रीको माहु अड्किएर मृत्यु भएको थियो ।

सोमबार साँझ मासु खाने क्रममा घाँटीमा अड्किए पछि उनलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो । उनको पुरानो मेडिकल कलेज पुर्याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

क्षेत्रीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *