अरुणाचलमा भारतीय सेनाको चिता हेलिकप्टर दुर्घटना, एक पाइलटको मृत्यु
काठमाडौं । भारतीय सेनाले आफ्नो एउटा चित्ता हेलिकप्टर अरुणाचल प्रदेशको तवाङ क्षेत्रमा दुर्घटनाग्रस्त भएको जनाएको छ ।
पीआरओ डिफेन्स तेजपुरले एक प्रेस विज्ञप्ति जारी गर्दै घटना बिहान १० बजे भएको र हेलिकप्टर नियमित निरीक्षणमा रहेको बताएको छ ।
दुर्घटनापछि दुवै पाइलटलाई सेनाको अस्पताल लगिएको थियो तर एकजना पाइलटको मृत्यु भएको थियो । दोस्रो पाइलटको उपचार भइरहेको छ ।
दुर्घटनाको कारण भने खुल्न नसकेको सेनाले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment