राष्ट्रपतिले लगाइदिइन् सर्बसाधारणलाई टीका
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बिजया दशमीको दिन विशिष्ट व्यक्तिका साथै आम सर्वसाधारणलाई टीका लगाइदिएकी छिन् ।
राष्ट्रपति भण्डारीले आज दिउँसो २ देखि ३ बजेसम्म विशिष्ट र ३ बजेपछि आम सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिएकी हुन् । टीका लगाउनको लागि सर्वसाधारण राष्ट्रपतिको सरकारी निवास शितल निवास पुगेका थिए ।
बुधबार गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादसैँको टीका ग्रहण गरेपछि राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई टीका प्रसाद प्रदान गरेकी हुन् । बडादसैँ २०७९ को अवसरमा उनले शीतलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११ः५१ बजे टीका ग्रहण गरेकी थिइन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment