सन्दीप आएको भनिएको जहाज आधा घण्टादेखि आकाशमै घुमेको घुम्यै

डिसी नेपाल
२० असोज २०७९ १०:४८

काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने चढेर आएको भनिएको कतार एयरवेजको जहाज आकाशमै होल्ड गरिएको छ । अवतरणका लागि मौसम अनुकूल नभएपछि यो जहाज अवतरण गर्न नसकेको छ । ओभरसुट गरेको यो जहाज आधा घण्टाभन्दा धेरै समयदेखि आकाशमै घुमिरहेको छ ।

यो जहाज बिहान १० बजे अवतरण गर्ने तालिका थियो । तर, मौसम अनुकूल नभएका कारण अवतरण गर्न सकिरहेको छैन । सन्दीप १० बजे आउने भनिएपछि त्यसभन्दा अगाडिदेखि नै विमानस्थलमा प्रहरी टोली तैनाथ छ । ठूलो संख्यामा संचारकर्मी पनि विमानस्थलमा पर्खेर बसेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *