क्रिकेटर सन्दीप लामिछाने प्रहरी नियन्त्रणमा

डिसी नेपाल
२० असोज २०७९ ११:१२

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रहरी नियन्त्रणमा पुगेका छन् । बलात्कारको आरोप लागेका उनलाई आज काठमाडौं आएसँगै प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।

उनी कतार एयरवेजको विमानबाट काठमाडौं आएका थिए । उनले आफू आज नेपाल फर्किनेबारे यसअघि नै सामाजिक संजालबाट जानकारी दिएका थिए । उनीमाथि बलात्कारको आरोप लगाउँदै एक नाबालिग किशोरीले प्रहरीमा उजुरी दिएपछि उनीविरुद्ध अनुसन्धान सुरू गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *