युक्रेनमा रुस नियन्त्रित जापोरिजियामा मिसाइल आक्रमणपछि विस्फोट

डिसी नेपाल
२१ असोज २०७९ १२:४५

काठमाडौं । युक्रेनको रुस नियन्त्रित क्षेत्र जापोरिझियामा मिसाइल आक्रमणपछि विस्फोटको आवाज सुनिएको छ । सहरको बिचमा धेरै ठाउँबाट धुवाँ उठेको देख्न सकिन्छ ।

एक महत्त्वपूर्ण युक्रेनी आणविक प्लान्ट जापोरिझियामा अवस्थित छ, जुन युद्ध अघि युक्रेनको बिजुली आपूर्तिमा महत्वपूर्ण भूमिका खेलेको थियो।

तर रुसले जनमतसंग्रहपछि यो क्षेत्र रुससँग गाभ्यो । यससँग सम्बन्धित महत्वपूर्ण दस्तावेजमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेका छन् ।

तर, पश्चिमी देशहरूले यसलाई स्वीकार गरेका छैनन् । र रुसले कब्जा गरेको इलाका फिर्ता लिन दुई पक्षबीच युद्ध जारी छ।

जापोरिजियाका गभर्नरले टेलिग्राम सन्देश जारी गर्दै स्थानीयहरूलाई बंकरहरूमा बस्न आग्रह गरे।

यसअघि ओलेक्सान्डर स्टारुकले राति भएको आक्रमणमा कम्तीमा दुई जनाको ज्यान गएपछि थप आक्रमण हुन सक्ने आशंका व्यक्त गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *