मुकेश अम्बानीलाई मार्ने धम्की दिने व्यक्ति बिहारको दरभंगाबाट पक्राउ
काठमाडौं । मुकेश अम्बानी र उनको परिवारलाई मार्ने धम्की दिएको आरोपमा मुम्बई प्रहरीले बिहारको दरभंगाबाट एक व्यक्तिलाई पक्राउ गरेको छ ।
अभियुक्तको नाम राकेश कुमार मिश्रा हो । मुम्बई प्रहरीका अनुसार राकेश मिश्रालाई बिहार प्रहरीको सहयोगमा राति पक्राउ गरिएको हो ।
मुम्बई प्रहरीले आरोपीलाई साथमा लिएर गएको छ । राकेशलाई आईपीसीको धारा ५०६(२) र ५०७ अन्तर्गत पक्राउ गरिएको छ।
बुधबार एक अज्ञात व्यक्तिले साउथ मुम्बईको रिलायन्स फाउन्डेशन अस्पतालमा फोन गरेर अस्पताललाई बम पड्काएर उडाउने धम्की दिएका थिए।
यस बाहेक उक्त व्यक्तिले मुकेश अम्बानी, उनकी श्रीमती नीता अम्बानी, छोरा आकाशलाई मार्ने र घर एन्टिलिया उडाउने धम्की दिएका थिए ।
धम्कीलाई ध्यानमा राख्दै भारत सरकारले हालै मुकेश अम्बानीलाई जेड प्लस सुरक्षा दिएको छ भने नीता अम्बानीलाई वाई प्लस सुरक्षा दिइएको छ ।
धम्कीपूर्ण फोन आएपछि अस्पताल र घरबाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment