४३ करोडको घडी विमानस्थल भन्सारमा समातियो

डिसी नेपाल
२१ असोज २०७९ १३:२९

काठमाडौं । भन्सार विभागले २८ करोड भारूभन्दा बढीको सात घडीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । उक्त व्यक्तिलाई दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । उनीमाथि घडी तस्करी गर्न खोजेको आरोप छ । ती व्यक्ति दुबईबाट दिल्ली आएका थिए ।

सात घडीमा हिरा जडित ज्याकब एण्ड कम्पनीको घडी पनि समावेश छ, जसको मूल्य २७ करोड भारतीय रुपैयाँभन्दा बढी (४३ करोड नेपाली रूपैयाँ) रहेको भन्सार विभागले जनाएको छ ।

आईफोन १४ प्रो बाहेक, भन्सार विभागले ती व्यक्तिको स्वामित्वमा पाँचवटा रोलेक्स ओइस्टर घडीहरू, एउटा पिगेट लाइमलाइट स्टेला र हीराले जडित ज्याकब एण्ड कम्पनीको घडी समावेश छ।

हीरा जडित बिलियनेयर थ्री घडीको निर्माता ज्याकब एन्ड कम्पनीको वेबसाइट अनुसार यो घडी पहिलो पटक २०१५ मा प्रस्तुत गरिएको थियो । एमराल्ड कट हीराले सजिएको बिलियनेयर ३ घडीको लगभग २६० क्यारेट तौल छ।

वेबसाइटका अनुसार यसको मूल्य १८ मिलियन डलरभन्दा बढी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *